|
जिपको ठक्करबाट दुई विद्यार्थीको मृत्युपछि शुक्रबार राप्ती राजमार्गको बांगेसल्लामा भेला भएका स्थानीय। तस्वीर : दिपक शर्मा

सल्यान : जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन्।

चालकलाई कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग खोल्न नदिने स्थानीयको भनाई छ। घटनास्थलमा नै स्थानीयले सडकमा ढुंगा र काठ राखेर अवरुद्ध गरेका छन्।

सडकमा ठूलो संख्यामा स्थानीय भेला भएका छन्। एउटै गाउँका दुई जनाको मृत्यु भएपछि बरलाको गाउँ नै शोकमा डुबेको छ।

यता प्रहरीले सडक खोल्ने विषयमा छलफल भइरहेको जनाएको छ।

शुक्रबार बिहान बागचौरबाट सल्यानको खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बांगेसल्लामा रुखको छहारीमा बसिरहेका ५ विद्यार्थीलाई ठक्कर दिएको थियो।

ठक्करबाट दुई जनाको उपचारका क्रममा दाङ तुलसीपुरमा मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.