|

काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैँपछि हुने भएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा वडा अधिवेशन दशैँपछि अधिवेशन हुने भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन।

नामावली प्राप्त भइसकेका नौ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन। दशैँ नजिकिएसँगै १३ जिल्लामा अधिवेशन सम्भव नभएपछि दशैँपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ।

डोल्पामा निर्वाचन सामग्री लिएर निर्वाचन अधिकृतसहितको टोली गए पनि त्यहाँ पुग्न सकेको छैन। १३ जिल्लामा दशैँपछि अधिवेशन गर्ने भनिए पनि त्यसबारे आधिकारीक निर्णय हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

केन्द्रको निर्णय अनुसार कतिपय हिमाली जिल्लामा भने जिल्ला तहकै अधिवेशन भइरहेको छ। २१ हिमाली जिल्लामध्ये रसुवाको भने क्रियाशील सदस्यता विवाद टुंगिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.