|

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट उनी २१२ मतसहित सभापतिमा विजयी भएका हुन्।

आइतबार बिहान आएको अन्तिम मत परिणामअनुसार चापागाईंका निकटतम् प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका छन्। यस्तै सभापतिका अन्य प्रत्यासी कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका छन्।

महानगर समितिका उपसभापतिमा  निरोज कोइराला र इन्दु सुवेदी, सचिव झुमा निरौला र तेजिन्द्र भट्टराई तथा सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएका छन्।

शनिबार भएको नगर अधिवेशनमा ६८१ मतदातामध्ये ६६४ मत खसेको थियो। १७ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.