|
फाइल फोटो

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। आजै मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

‘आज उहाँले नियमित बैठक नै बोलाउनुभएको हो‚’ उनले भने‚ ‘दशैं बिदाको समयमा कसरी मुद्दाहरूमाथि सुनुवाई गर्ने भन्ने विषयमा छलफलको एजेण्डा मात्रै हो।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको कुरा चर्चा छ। तर, सर्वोच्च अदालतले सोमबार नै विज्ञप्ति जारी गरेर खण्डन गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.