|

जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। 

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए। संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। ९ भदौमा जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान​ अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाले दाबी गर्दै आएको छ। 

प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने तयारी गरेका छन्। प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र र नेकपा एमाले संसद् अवरुद्ध गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.