|

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो। 

एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो। त्यसमा माओवादीले आपत्ति जनाएको छ। 

एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ। 

माओवादी केन्द्रको चुनाव चिह्न पनि गोलाकार भित्रको हँसिया हथौडा भएकाले एमालेले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो राखेकाले आपत्ति जनाएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। एमालेले माओवादीसँगको लोगो मिल्ने गरी सार्वजनिक गरेकाले कानुनी उपचारमा जाने उनले बताए। 

नेता गुरुङले भने, ‘हाम्रो पार्टीको चुनाव चिह्नसँग मिल्ने गरी उहाँहरूले नयाँ ल्याउनुभएको छ। त्यसैले हामी कानुनी उपचार खोज्छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.