|

 काठमाडौं :  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैंको टीका लगाएका छन्। दशैंको मुख्य दिन आज उनले नेपालस्थित अमेरिकी दूतावासमा मान्यजनको हातबाट टीका लगाएका हुन्। साथै उनले आफूभन्दा सानालाई टीका र आशीर्वाद समेत दिएका छन्। 

बेरीले दशैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। नेपाली तथा अमेरिकी सहकर्मी र बालबालिकाका साथमा उनले रमाइलो गरेका छन्। सबैलाई दशैंको शुभकामना दिँदै राजदूत बेरीले आफूहरूले धेरै रमाइलो गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.