|

जनकपुरधाम : दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महोत्तरीको जलेश्वर नगरपालिका-२ का १८ वर्षीय सुमित साहको डुबेर मृत्यु भएको छ।

शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित घर नफर्केपछि आफन्तले साँझदेखि नै खोजी गरेका थिए। सुमित पोखरीमा डुबेको अनुमान गरिकएको थियो। उनको शव आइतबार बिहान करिब ११ बजे उनको जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको हो।

उनले मादक पदार्थ सेवन गरेको र मूर्ति सेलाउन पानीमा पस्दा लडेको र लडेपछि मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.