|

जनकपुरधाम : प्रदेश २ को लोकसेवा आयोगले महाेत्तरीका एक युवकलाई सूचना प्रकाशित गरी कालोसूचीमा राखिएको जनाएको छ।

आयाेगले कालाेसूचीमा राख्नेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-९ बथनाहाका प्रनितकुमार झा रहेका छन्। झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ। कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए।

उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाण पेस गरेका थिएनन्। प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत जवाफ मागेको थियो। झाले आयोगको इमेलको जवाफमा आयोगलाई गाली गर्दै अपशब्द प्रयोग गरी प्रतिक्रिया दिएको लोकसेवा आयोगले जनाएको छ।

यसरी आयाेगलाई गालीगलौज गरेको हुँदा उनलाई असोज ६ मा पत्रिकामा सूचना प्रकाशित गरी कालो सूचीमा राखेर कारबाही गरिएको आयाेगले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.