|

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले नेपाली सेनाले विपद व्यवस्थापन र कोभिड–१९ महामारी नियन्त्रण तथा शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको  प्रशंसा गरेका छन्।

जंगी अड्डाको आइतबार निरीक्षणका क्रममा मन्त्री रिजालले सेनाले देशभित्र कोडिभ–१९ विरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन्।

आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरूको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता समेत रिजालले व्यक्त गरे।

सो अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले मन्त्रीलाई जंगी अड्डानमा स्वागत गर्दै नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगको लागि हार्दिक आभार व्यक्त गरे।

प्रधान सेनापति शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।

साथै उनले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास समेत दिए। कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरू तथा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति थियो।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.