काठमाडौं : बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।
एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो, त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्। अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।