|

काठमाडौं : बेमौसमी वर्षासँगै देशका विभिन्न स्थान डुबानमा परेपछि सशस्त्र प्रहरीले उद्धार कार्यमा सक्रियतासाथ काम गरेको छ।

झापा जिल्लाको विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढीले डुबानमा परेका करिब २ सय  घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधुरी डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्धार कार्यमा जुटेको हो।

यसैगरी, सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारेको छ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बीचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ।

सोही नगरपालिका ९ बस्ने ४५ वर्षीय मानबहादुर थापा र ४२ वर्षीया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बीचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो।

त्यसबेला सोही नगरपालिका ८ बस्ने ३० वर्षीय गणेश औजी भने उक्त खोलाले बगाएर बेपत्ता भएको बताइएको छ। यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बीचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ।

सोही ठाउँ बस्ने ५ जना व्‍यक्तिहरू धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएको

सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनीहरूको सकुशल उद्धार सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.