|

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।

बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।

बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक÷एक छन्। यस्तै १७ जना घाइते छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एक/एक जना घाइते छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.