|

काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ।  समूह–२ मा रहेका यी टोलीबीचको खेल दुबईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ। 

विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी–२० विश्वकप जित्ने प्रयासमा छ। पाकिस्तानको कप्तानी बाबर अजमले गरेका छन्। भारत र पाकिस्तानबीच लामो समयबाट राजनैतिक तनाब रहदै आएको छ। जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ। तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन्।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।  सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।

आजै हुने  पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो पौने चारबजे सुरु हुनेछ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.