|

पोखरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले द्वन्द्वकालमा विस्थापित भएका शिक्षक र कर्मचारीका समस्या सम्बोधन गरिने बताएका छन्। नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

‘जनयुद्धमा लागेर विस्थापित भएका शिक्षक र कर्मचारीको पक्षमा सरकारसँग छलफल गरी समस्या समाधान गर्ने कुरा भएको छ’, उनले भने। त्यसका लागि आफूले पहल गरिरहेको पौडेलले दाबी गरे।

यसैगरी मन्त्री देवेन्द्र पौडेलले संसद्‌मा अड्किएको संघीय निजामती ऐन अगाडि बढ्ने चर्चा गरे। उनले भने, ‘यसबारे अस्तिको क्याबिनेटमा छलफल भएको छ, अब अगाडि बढ्छ।’

केन्द्रीय कमिटीले पार्टी निर्माणमा लाग्ने संकल्प गरेकाले पार्टी फेरि तल्लो तहबाट उठ्ने उनले बताए। अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने उनले दाबी गरे। ‘माओवादीले चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौँ। फेरि ०६४ सालको जस्तै पहिलो बन्छौं’, उनले भने।

माओवादी केन्द्र गण्डकी प्रदेशकी सहइन्चार्ज यशोदा सुवेदीले एमसीसीको विषय पार्टीभित्र गम्भीर छलफल भइरहेको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.