|
प्रतीकात्मक फोटो

सोलुखुम्बु : खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन जना फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार उनीहरू ६ दिनदेखि सम्पर्कविहीन छन्।

बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुईस रहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए। उनीहरू ८ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि आएका थिए। उनीहरू कात्तिक ९ देखि सम्पर्कविहीन भएपछि खोजी जारी राखेको प्रहरीले बताएको छ।

उनीहरुको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर समेत प्रयोग गरिएको छ। एउटै समूहमा गएकामध्ये अन्य पाँच जना सम्पर्कमा रहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.