|

काठमाडौं : भिटेनको नयाँ र्‍याप गीत 'गल्ली सडक' युट्युब ट्रेण्डिङ नम्बर एकमा पुगेको छ। युट्युबमा सार्वजनिक गरेको चार दिनभित्रै गीत ट्रेण्डिङ नम्बर एकमा पुगेको हो। 

भिटेनकै कन्सेप्ट तथा प्रस्तुति रहेको भिडियोलाई अहिलेसम्म १२ लाखभन्दा बढीले हेरिसकेका छन्। भिडियोलाई भिटेन र जेम्स लामाले संयुक्त रूपमा निर्देशन गरेका हुन्। 

गीतकै कारण विवादमा तानिँदै आएका भिटेनले सार्वजनिक गीतमा भिटेनले प्रहरीसँगको असन्तुष्टि पोखेका छन्। उनले गीतमा भनेका छन्, 
के गर्न खोजेको था छैन
जेल हाल्छ मलाई समाते
के फाइदा छ मलाई यहाँ
बिग्रिसकेको समाज बिगारेर

सरकार आफैँले अपराधीलाई खुवाएर राखेर समाज बिग्रेको दोष आफूमाथि खन्याएकोमा भिटेनले गीतमार्फत आपत्ति जनाएका छन्। साथै प्रहरीको त्यस्ता व्यवहारले गर्दा जीवनशैली नै परिवर्तन भएको, प्रहरीको पोसाक पनि मन नपराउने, आफ्नै घरमा पनि डर लाग्न थालेजस्तो हुने कुरा उनले गीतमार्फत बताएका छन्। 

'हामी यस्तै त हो नि ब्रो' र 'पारा' गीतको लागि भिटेन प्रहरी चौकी धाउनुपरेको थियो। उनले त्यसपछिका गीतमा प्रहरीले आफूसँग गरेको व्यवहारका प्रसंग जोड्दै आएका छन्। 

यसअघि भिटेनको 'क्रिमिनल' सार्वजनिक भएको थियो। ६ महिनाअघि सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा १ करोडभन्दा बढीपटक हेरिएको छ। 'क्रिमिनल'बाहेक 'यात्रा', 'कथा', 'साइफर', 'हालखबर' लगायतका गीतलाई पनि करोडभन्दा बढी पटक हेरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.