|
सल्यानको दार्मा गाउँपालिका–१ कोटगाउँका सुरेश चन्दको घरमा भएको आगलागी। तस्वीर : दीपक शर्मा

सल्यान : सल्यान कोटगाउँको एउटा घरमा आगलागी हुँदा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

जिल्लाको दार्मा गाउँपालिका– १ कोटगाउँका सुरेश चन्दको घरमा आगलागी भएको हो।

कर्कट पाताले छाएको दुईतले घरमा कोही नभएका बेला आइतबार साँझ आगलागी भएको पीडितको भनाइ छ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र ४ लाख नगद जलेर नष्ट भएको पीडित चन्दले बताए।

आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि चन्द परिवार अहिले भाइको घरमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.