|

काठमाडौं : शिक्षक लागि अस्पताल बनाउने सरकारको योजना अघि बढेको छ। अस्पताल बनाउनको लागि ठाउँ खोज्न समिति गठन भएको हाे। 

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाका अनुसार मंगलबार बसेकाे मन्त्रिस्तरीय बैठकले ६ सदस्यीय गठन भएको छ। उनले भने,‘ठाउँ खोज्न शिक्षा मन्त्रालयका प्रतिनिधि,शिक्षक,डाक्टरलगायत ६ सदस्यीय समिति गठन भएको छ,यी समितिले अब उपयुक्त ठाउँ खोज्नुपर्ने छ।’

उनका अनुसार व्यक्तिको नाममा नम्बरी दर्ता नभएको जग्गा खोज्नुपर्ने छ। ‘यी जग्गामा क्षतिपूर्ति दिन पर्दैन,’उनले भने,‘सकेसम्म काठमाडौं उपत्यकाभित्र अस्पताल बनाउनुपर्ने भनिएको छ,जग्गा नपाएमा चितवन र मकवानपुर क्षेत्रमा बन्छ होला।’

उनका अनुसार सामुदायिक शिक्षकका लागि मात्र नभई निजीका शिक्षकहरुलाई पनि समेट्ने योजना छ। ‘यो अस्पताल स्कुलमा काम गर्ने कर्मचारीहरुका लागि पनि हो,निजीका शिक्षकलाई भने आधार खाेजेर समेट्ने भनिएको छ,यसबारे छलफल गरेर निर्णय हुन्छ।’

अस्पताल के कस्तो बनाइने भन्ने बारेमा कार्यविधि बनेपछि मात्र थाहा हुने उनले जानकारी दिए। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने बताएका थिए। उनले यसका लागि अध्ययन गरिने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.