|

झापा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ।

बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा पछाडि सवार घाइते सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.