|

विश्वकप छनोटअन्तर्गत विश्व नम्बर एक बेल्जियमले एस्टोनियालाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार भएको खेलमा बेल्जियमले एस्टोनियामाथि ३-१ को सहज जित निकालेको हो।

बेल्जियमले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो। समूह ‘ई’मा रहेको बेल्जियमका लागि १३औं मिनेटमा क्रिस्टियन बेन्टेकेले पहिलो गोल गरेका थिए।

५३औं मिनेटमा कारस्कोले बेल्जियमको अग्रता दोब्बर बनाए। ७०‍औं मिनेटमा इरिक सोर्गाले एस्टोनियाका लागि गोल गर्दै टिमलाई लयमा फर्काउने संकेत गरे। तर‚ ७४औं मिनेटमा थोर्गन हाजार्डले केभिड डी ब्रुयनाको पासमा तेस्रो गोल गर्दा बेल्जियम सहज जित निकाल्न सफल भयो।

विश्वकपको युरोपियन छनोटमा समूह 'इ'  कै अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले पराजित गर्दै छनोट सम्भावना कायम राखको छ। समूहमा सात खेलबाट बेल्जियम १९ अंकका साथमा शीर्ष स्थानमा छ। समान खेलबाट वेल्स १४ अंकका साथमा दोस्रो स्थानमा रहँदा उसलाई चेक रिपब्लिकले ११ अंकका साथ तेस्रो स्थानमा रहेर टक्कर दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.