|

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि खारेजीको माग गर्दै विभिन्न दल निकट विद्यार्थीले आइतबार काठमाडाैंमा प्रदर्शन गरेका छन्।

विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन्। विद्यार्थीले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए।

पर्चामा ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’' मलाइ बल्न देउ' लेखिएको थियो। सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन भइरहकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.