|

काठमाडौं : वाणिज्य बैंकहरूमा तरलता संकट अझै गहिरिएको छ।

वाणिज्य बैंकहरूको निक्षेप गएको साता १५ अर्ब रूपैयाँ घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप कात्तिक १८-२६ सम्ममा १५ अर्ब रूपैयाँ घटेको हो।

नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिक १८ गते बैंकहरूको निक्षेप ४२ खर्ब ३८ अर्ब रूपैयाँ रहेकोमा कात्तिक २६ गते १५ अर्ब रूपैयाँले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ। यसमध्ये विदेशी मुद्राको निक्षेप ३ अर्ब रूपैयाँ घटेको छ।

पछिल्ला ९ दिनमा बैंकहरूले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्।

कात्तिक १७ गते बैंकहरूको कुल कर्जा प्रवाह ४० खर्ब २५ अर्ब रहेकोमा कात्तिक २६ गतेसम्मको कर्जा प्रवाह भने ४० खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ।

मंसिरदेखि केही बैंकले ब्याजदर दोहोरो अंकमा उक्लिन सक्ने सम्भावना रहेको छ। कात्तिकको तुलनामा १० प्रतिशत मात्र ब्याज बढाउँदा पनि केही बैंकको ब्याज दोहोरो अंक छुने सम्भावना देखिएको हो।

बढीभन्दा बढी निक्षेप तान्ने होडमा बैंकहरूलाई ब्याजदर वृद्धि नगर्न अर्थमन्त्री जनार्दन शर्माले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.