|

 ओखलढुंगा : जिल्लामा तीर्थयात्री बोकेको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको जिप सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोबार बिहान दुर्घटना भएको हो।

जिपमा चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन चढेका थिए। जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर छन्।

थप एकजनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए। अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.