|

काठमाडौं : शुक्रबारदेखि बलिउड फिल्म 'बन्टी और बब्ली २' को प्रदर्शन सुरु भएको छ। कमेडी जनराको उक्त फिल्मलाई वरुण भी शर्माले लेखन तथा निर्देशन गरेका हुन्।  फिल्ममा सेफ अलि खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी, सर्वरी वागलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

'बन्टी और बब्ली २' सन् २०१५ मा प्रदर्शनमा आएको शाद अलि निर्देशित 'बन्टी और बब्ली'को सिक्वेल हो। व्यावसायिक रूपमा सफल फिल्म 'बन्टी और बब्ली'मा अमिताभ बच्चन, अभिशेख बच्चन र रानी मुखर्जीको मुख्य भूमिका रहेको थियो। 

यतिबेला ​'बन्टी और बब्ली २' मल्टिप्लेक्समा सबैभन्दा बढी सोका साथ प्रदर्शनमा आइरहेको छ। योबाहेक अक्षय कुमारको 'सूर्यवंशी' शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ भने मार्वल स्टुडियोको 'इटर्नल्स' दोस्रो हप्तामा प्रवेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.