|
काँकडभिट्टामा भारतबाट उद्धार गरेर ल्याइएका बालबालिकासहित प्रहरी। तस्वीर : पार्थ मण्डल

झापा : भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ।

भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ।

उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन्।

३ जनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्षका छन्। उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मामा र बुवाले बुझेका थिए।

गैरसरकारी संस्था शहीद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगुडीले पश्चिम बङ्गालको कुचविहार, सिलीगुडी दार्जिलिङलगायत ठाउँबाट ती बालबालिकाको उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका थिए।

नेपाली बालबालिका र महिलाहरूलाई अनेक प्रलोभन तथा झुक्याएर भारत लगेर बेचबिखन गरिन्छन्।

भारतमा लगेर उनीहरूको श्रम तथा यौन शोषण हुने गरेको छ।

त्यस्ता बालबालिका र महिलालाई भारत सरकार, स्थानीय प्रहरी तथा अन्य सङ्घसंस्थासँगको समन्वयमा उद्धार गरी नेपाल फर्काइरहेको महावाणिज्यदूत पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.