|
फाइल फोटो

झापा : दमक नगरपालिकामा रहेको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेका अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट २ लाख ५६ हजार ३५० रुपैयाँ र एक बुक तास  बरामद गरिएको प्रहरीले जनाएको छ।

दमक-४ का शेरबहादुर कार्कीले सञ्चालन गरेको होटलमा शनिबार राति तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका-६ का ६६ वर्षीय विश्वराज पराजुलीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त होटलमा तास खेल भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.