‘पार्टीमा सोचेअनुसार भएको छैन तर, फुटको विपक्षीमा उभिएँ’

|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

उपाध्यक्ष रावलले भने, ‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु।

यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखित वा स्पष्ट गर्नुपर्ने निम्न लिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरे। पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ छ। 

‘देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु’ उपाध्यक्ष रावलले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.