|
बालिका विवाह गरेको आरोपमा दैलेखमा पक्राउ परेका व्यक्ति। तस्वीर : उदयराज अधिकारी

दैलेख : दैलेख प्रहरीले बालविवाह गर्ने एक जोडी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ बस्ने भक्तिराम कँडेल र एक बालिका रहेका दैलेख प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बालिकालाई ललाफकाई प्रलोभनमा पारी बालविवाह गरी घरमा राखेको सूचनाका आधारमा पक्राउ गरिएको हो। 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले थाहाखबरलाई बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.