|

बैतडी : दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

जिपमा रहेका सातमध्ये पाँचजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ।

यसअघि ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटानास्थलमै मृत्यु भएको थियो। उनीहरु सबै दशरचन्द–६ का हुन्। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।  

दुर्घटनामा परी दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ। 

दशरथचन्द नगरपालिका–२ देहिमाडौंबाट जन्ती बोकेर वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत आइतबार राति साढे ८ बजे दुर्घटना भएको थियो। जिप सडकबाट ७०० मिटर तल खसेको छ। द्रुत गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अुनमान छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.