|

पर्वत : बागलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोलाको खहरेमा बा१८च ५६ ७७ नम्बरको रातो प्लेटको पिक अप जिप सडकबाट करिब ३० मिटर तल खसेको हो।

दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको छ भने बागलुङ नगरपालिका–१ रामरेखाका ४० वर्षीय टकबहादुर बोहरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन्। घाइतेहरूको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ। बागलुङकै बिहुँबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको अवस्थामा जिप दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण भने नखुलेको र जिपका चालक फरार रहेको बागलुङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.