|

सोलुखुम्बु : जिल्लाको सल्लेरीबाट पत्ताले जाँदै गरेको बोलेरो सोलुदुधकुण्ड नगरपालिका-११ तिङलास्थित पहलमान भिरमा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका-८ का ३७ वर्षीय तिङ्कु मगर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।

उनका अनुसार आज (शनिबार) साँझ अन्दाजी ७ः४५ बजे सल्लेरीबाट पत्ताले जाँदै गरेको प्रदेश १ ०७–००१ च ००१७ नम्बरको बोलेरो उक्त भिरबाट पाँच सय मिटर तल सोलु खोलामा खसेको हो।

प्रहरीले चालकलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरेको जनाएको छ। अहिले उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रनाउ कटवालले बताए।

गाडीमा अन्य यात्रु नरहेको खुल्न आएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.