|

झापा : माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार  गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित शनिबार खोलामा सोरेन माछा मार्न गएका थिए। माछा मार्न गएका सोरेन साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए।

यता, घटना विषयमा इलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.