|

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्। 

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरेका हुन्। आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उनले बताए।

अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए। ‘यो ध्वजाबाहक जहाज भनेको नेपाली जनताले राजस्व तिरेर बनेको निगम हो। यसलाई कुनैपनि हालतमा माथि उठाउनै पर्छ। यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ।'

उनले भने, 'हामी चाहान्छौँ कम भन्दा कम खर्चमा नेपाल ध्वजाबाहक जहाज नाफा होस्। फाइदा होस्। अहिले पनि हामीलाई ५० अर्बभन्दा बढी ऋण छ। हामी एकदमै चिन्तित छौँ। ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु परेको छ। किस्ता हाम्रो ड्यु छ। ब्याज हामीले तिर्न सकेका छैनौँ। विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु।’

मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.