|

काठमाडौं :  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ।

विदेशबाट आउने यात्रुलाई नेपाली मौलिक उत्पादन बिक्री गर्न काउन्टर राखेको  निगमले जनाएको छ। 

नेपाली सामाग्रीलाई विश्वसामु पुर्‍याउन काउन्टर स्थापना गरिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।

अधिकारीले सो काउन्टरको उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय जगतमा प्रवर्द्धनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। 

केन्द्रीय कार्यालयको बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जान तयारी छ।

नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूनाजस्ता सामान राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.