|

काठमाडौं : अमेरिकी कम्पनी मोडर्नाको कोरोना विरुद्धको करिब १५ लाख मात्रा खोप आज (बिहीबार) नेपाल आइपुगेकाे छ। यो खोप कतार एयरवेजले दिउँसो ३ बजे काठमाडौं ल्याएको हाे।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले गाभी र काेभ्याक्स सुविधामार्फत आज मोडर्नाको  १४ लाख ९८ हजार ६ सय मात्रा खोप आएको बताए।

विभागले सो खोप टेकुस्थित केन्द्रीय भण्डारकक्ष र त्रिभुवन विमानस्थलस्थित भण्डारकक्षमा राखिएको जानकारी दिएको छ।

अधिकृत थापाका अनुसार यसपछि आइतबार पनि मोडर्नाकै १९ लाख ६५ हजार ६ सय मात्रा खोप फेरि आउँदैछ।

आइतबार आउने खोपसँगै मोडर्ना खोपको कूल मात्रा ३६ लाख ५१ हजार ६ सय हुनेछ। गएको शुक्रबार पनि मोडर्नाको १ लाख ८८ हजार मात्रा खोप आएको थियो।

अधिकृत थापाका अनुसार बुधबार कोभिशिल्डको ६ लाख मात्रा खोप आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत पाएको मोडर्नाको खोप स्कुलहरूमै खाेप केन्द्र राखेर १८ वर्षभन्दा मुनिका बालबालिकालाई लगाइने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.