|

झापा : झापामा बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँचजना घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका-१ निवासी ३४ वर्षीय  मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए।

बाह्रदशी गाउँपालिका-३ स्थित लक्ष्मीपुर –राजगढ सडक खण्डमा शनिबार बिहान ७ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र-१-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए।

यता, अन्य घाइतेहरू बाह्रदशी-१ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका-१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन्।

उनीहरूको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ।  बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.