|
फाइल फोटो

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

संकटा ३ खेलमा ५ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ। पुलिसको पनि ५ अंक रहेको छ। उ सातौं स्थानमा छ। 

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र ब्रिगेड ब्वाइजबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। जावलाखेल आज पहिलो अंकको खोजीमा रहेको छ। 

जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको छ। जावलाखेल अंक विहीन रहदै पुछारमा रहेको छ। ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.