|

 काठमाडौं : संघीय संसदको अधिवेशन सुरु हुनु अघि आज सबै सांसदहरुको कोरोना परीक्षण गरिँदैछ। सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि संसद् भवन पुगेर कोरोना परीक्षण गराएका छन्।

सोमबार बिहान ११ बजेदेखि शुरु गरिएको परीक्षण ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ। संघीय संसदका दुवै सदनको अधिवेशन भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।

सांसदहरूको परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइने संसद् सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.