|

काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको १६०० मत गणना भएको छ। मत गणना अनुसार शेरबहादुर देउवाले ९४० र डा. शेखर कोइराला ६४८ मत प्राप्त गरेका छन्। राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो। आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन दुई हजार दुई सय ८२ मत चाहिन्छ। देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.