|

 विराटनगर : जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारतमा लगेर सेक्युरिटी (सुरक्षा) गार्डको जागिर लगाइदिने भन्दै ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो।

गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्यालले विभिन्न व्यक्तिहरूसँग ठगी गरेको प्रहरीले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारले आफूहरू ठगीमा परेको भन्दै अर्यालविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए।

अर्यालले उमेशकुमार र प्रेमकुमारबाट पटक–पटक गरेर १ लाख ७३ हजार रुपैयाँ लगेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठका अनुसार ठगी गरेको उजुरीका आधारमा अर्याललाई विराटनगर महानगरपालिका–१० बसपार्कबाट पक्राउ गरिएको हो।

अर्यालबाट अन्य धेरै सर्वसाधारण ठगिएको प्रहरीले जनाएको छ। यद्यपि हालसम्म २ जनाको मात्रै जाहेरी परेको श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अर्यालयविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.