|

काठमाडौं : सरकारले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले श्याम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन्।

शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन्। उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका कर्मचारीहरू छन्। कार्यदलमा अधिकारकर्मी गणेश बिकलगायत छन्।

कार्यदललाई १५ दिनको म्याद दिइएको र कार्यदलले समस्या समाधानको उपाय एवं विकल्पसहितको अध्ययन प्रतिवेदन दिने श्रेष्ठले जानकारी दिइन्।

सरकारले ०६५ सालमै हलिया मुक्त घोषणा गरेको थियो। सरकारले संकलन गरेका तथ्यांकमा बास्तविक हलियाको नाम छुटेको र गैरहलियाको नाम समावेश भएको अधिकारकर्मीहरूले गुनासा गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.