|

रुकुम (पूर्व) : रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो।

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका पुन बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । 

गम्भीर घाइते पुनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा शुक्रबार (आज) बिहान रुकुम पश्चिमको झुल्नेटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.