|

काठमाडौं : अमेरिकाको मिनेसोटा राज्यको एक घरमा तीन बालबालिकासहित सात जना मृत फेला परेका छन्। 

प्रहरीले गत शनिबार राति मिनेसोटाको मूरहेडमा रहेको एउटा घरमा चार वयस्क र तीन बालबालिकाको मृत्यु भएको फेला पारेको हो।

सात पीडितहरू बीचको सम्बन्ध भने प्रहरीले खुलाएको छैन्।  प्रहरीहरुले अझै पनि मृत्युको वरपरका परिस्थितिहरू निर्धारण गर्न काम गरिरहेको छ, मुरहेड प्रहरी विभागले  जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

परिवारका सदस्यहरूले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको  र पीडितको परिचय केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.