|

काठमाडौं : विद्युतीय कारोबारमा कर लगाउने सरकारको प्रस्तावको विषयमा घानामा सत्तारुढ दल र विपक्षी सांसदहरुबीच संसदमा मुक्कामुक्की भएको छ। प्रस्तावअघि बढाउने र रोक्न खोज्ने सांसदहरुबीच धकेलाधकेल र मुड्की हानाहान भएको हो । केहीले भने झगडा रोक्ने कोसिस गरेका थिए।

स्थानीय सञ्चार माध्यमहरुले उपसभामुखल जोसेफ ओसेइ ‌ओवुसु मतदातानका लागि आफ्नो सीटबाट उठ्न खोज्दा विपक्षी दलका सांसदहरुले रोक्न खोजेपछि संसद्‌मा तनाव सुरु भएको बताएका छन् । संसद् अस्तव्यस्त भएपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए।

सरकारले मोबाइल मनी पेमेन्टसहित सबै विद्युतीय कारोबारमा १ दशमलव ७५ प्रतिशत कर लगाउने प्रस्ताव विपक्षी नेसनल डेमोक्रेटिक कंग्रेसले अस्वीकार गर्दै आएको छ। उनीहरुले यस्तो करले न्यून आय भएका व्यक्तिलाई असर गर्ने र कारोबार बैंकिङ च्यानलमा बाहिर कारोबार हुने बताएका छन्। घानाका अर्थमन्त्रीले केन अफोरी अट्राले भने सरकारको प्रस्तावबाट १ अर्ब १५ करोड अमेरिकी डलर कर उठाउन सकिने जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.