|

काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर उनले अनियमिता गरेर कमाएको सम्पत्तिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।

सोमबार सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आन्दोलन जारी राख्ने बताएका हुन्। उनले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश भएकाले उनको सम्पति छानबिन हुनु पर्ने बताए।

उनले बारले दुई महिनादेखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्ट्राचार विरुद्धमा आन्दोलन गर्दै आएको बताए। उनले आन्दोलनका कारण केही हदसम्म न्यायलयका विचौलीयाले गर्ने चलखेल रोकिएको पनि बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलीयाहरूको आधारमा कमाएको सम्पति कहाँ कति छ छानबिन गर्ने नागरिक समाजले मागको सुरुवात गरेको बताए। उनले अब प्रधानन्यायाधीश जबरा, उनका नातेदार, विचौलीया न्यायाधीशहरूको समेत सम्पति छानबिन गर्नुपर्नेमा जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.