|

हेटौंडा : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित दुई सदस्यले शपथग्रहण गरेका हुन्। आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त नियुक्त भएका छन् भने सदस्यहरूमा मकवानपुरको प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन्।

उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथग्रहण गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.