|

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।

प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।

लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।

धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट राष्ट्रिय लिगमा स्थान बनाएका हुन्।

गत वर्षको लिगमा सहभागी उदयपुरको चौदण्डीगढी नगरपालिकाले छनोट चरण नै पार गर्न सकेन।

एन्फा स्रोतले माघ १५ मा लिगका पहिलो चरणका खेल शुरु हुने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल सञचालन हुने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.