|

दक्षिण अफ्रिकाका विकेट किपर ब्याटर क्विन्टन डिककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। २९ वर्षीय डिककले भारतसँग पराजयलगत्तै परिवारलाई समय दिन भन्दै टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।

डिककले २०१४ मा टेस्टमा डेब्यु  गरेका थिए। उनले ३८.८२ को औषतमा ३३०० रन प्रहार गरेका छन्। ५४ खेलमा ६ शतक र २२ अर्धशतक प्रहार गरेका डिककले यसअघि गत टि-२० विश्वकपमा रंगभेदी ब्यवहारविरुद्धको ऐक्यवद्धताका लागि घुँडा नटेकेको भन्दै एक खेलमा टिमबाहिर राखिएको थियो। पछि उनले माफी मागेपछि टिममा पुनरागमन गरेका थिए।

डिककले सन्यास घोषणा गर्दै भने‚ 'यो मेरा लागि त्यति सहज निर्णय होइन, मेरो परिवार मेरा लागि सबथोक हो। म उनीहरुलाई समय दिन चाहन्छु।' डिक र उनकी श्रीमती सहा पहिलो बच्चाको प्रतिक्षामा रहेका छन्।

सन्यास लिंदै गर्दा उनले देशका लागि टेस्ट क्रिकेटबाट आफ्नो प्रतिनिधित्व भएको समय निक्कै खुसी रहेको र त्यो समयमा साथ दिने सबैप्रति आभारी रहेको बताए। उनले करिअरको उतरचढावमा आफूले मज्जा लिएको भन्दै कहिले दुःख र कहिले खुसी लाग्ने समय बिताउन पाउँदा उत्साही भएको बताए। उनले एक दिवसीय र टि-२० मा निरन्तर रहने भन्दै साथ दिन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.