|

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय दाबेदार नेपाल आर्मी अर्को बराबरीको सिकार भएको छ।

जारी सिजन एकपछि अर्को बराबरीले पिरोलिएको उपाधि दाबेदार आर्मी शुक्रबार भएको खेलमा पाँचौँ बराबरी भोग्न बाध्य भयो। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायम रहेको छ।

लिगमा आर्मीले केवल दुई जित निकाल्दा पराजित हुनु परेको छैन।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा अग्रता भने आर्मीले लिन सफल भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्की र एपिएफका लागि विक्की तामाङले गोल गरेका थिए।

खेलमा पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले गोल गरेका थिए।

खेलमा अग्रता भने ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमार्फत आर्मीले लिएको थियो। तर आर्मीले अग्रसरता लामो समयसम्म जोगाउन सकेन। ३ मिनेटपछि नै एपिएफले बराबरी गोल गर्‍यो।

६६ औँ मिनेटमा विक्की तामाङले आर्मीलाई निराश पारे। त्यसपछि दुबै तर्फबाट थप गोल हुन नसक्दा दुवै टिमले एक एक अंक बाँडे।

बराबरीले त्रिभुवन आर्मीले ७ खेलबाट ११ अंक बनाएको छ।

आर्मी चौथो स्थानमा यथावत् रहँदा एपिएफ भने ७ खेलबाट ६ अंक बनाउँदै ११ औँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.